पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

पोखरा । पहिरो खसेपछि बिहानैदेखि अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीओढारमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्व भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार राजमार्ग पूर्णरुपमा सुचारु गर्न प्रयास भइरहेको छ ।

सडकमा अवरोध भएपछि पोखरातर्फ आउने र पोखरालगायतका ठाउँबाट अन्यत्र गन्तव्यमा हिँडेका सयौँ सवारीसाधान अलपत्र परेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button