पोखरामा ‘मिरा स्याडो अफ अ रेन्बो’ को विशेष शो

पोखरा । पोखरामा ‘मिरा स्याडो अफ अ रेन्बो’ को विशेष शो सम्पन्न भएको छ ।

मंगलबार पोखरास्थित क्युएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शक उपस्थित थिए ।

मेडिकल लाइनदेखि सामाजिक सेवामा आबद्ध व्यक्तिले उक्त सिनेमा हेरे । अटिजमका विषय उल्लेख गरिएको कथावस्तुलाई धेरैले रुचाए ।

समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमामार्फत प्रस्तुत गर्न खोजिएको छ ।

विशेष शोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवं निर्देशक अनीता पण्डित पनि खुशी भइन् ।

उनी भन्छिन्, ‘सोचे भन्दा बढी सफलता मिल्यो, झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो, पोखराको राम्रो सपोर्ट पाएँ ।’

आफू इरानी सिनेमाबाट प्रभावित भएको भन्दै उनले समाजका समस्यालाई सिनेमामार्फत उतार्न लागिरहने प्रतिवद्धता जनाइन् ।

‘आफैँले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान्, जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु तर सिनेमा मेकिङबाट टाढा चाहीँ रहने छैन । यसमा नै निरन्तरता हुनेछ’, उनले भनिन् ।

अनीता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनीताले नै लेखेकी हुन् । सिनेमामा अनीता सँगै सुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्कालगायतको अभिनय छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button