जनमत पार्टीका राष्ट्रिय सचिवसहित सात नेतालाई कारबाही

पोखरा । जनमत पार्टीले राष्ट्रिय सचिव सात जना नेतालाई ३ महिना निलम्बन गरेको छ ।

आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीप)साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पूर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दिपनारायण यादव छन् ।

सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलका अनुसार उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button