आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

तनहुँ । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका-६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button