पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

पोखरा । सडक माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ मौवाखोला नजिकै सडकमाथिबाट ढुंगा, लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो ठूलो रहेको र पानी पनि नरोकिएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाको मौरीओढार र आँबुखैरेनी गाउँपालिकाको ऐनापहारा नजिकै बुधबार खसेको पहिरा कारण एकतर्फीमात्रै सवारी चलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button