बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

बागलुङ । अविरल वर्षाका कारण खसेको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खीलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए ।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button