पोखराको नयाँबजारमा नयाँ टीभीएस शोरूम सञ्चालन

पोखरा । स्क्वायर मोटर्सले पोखरामा नयाँ टीभीएस शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।

शोरुम पोखराका स्थापित व्यवसायीद्वय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याएका हुन् । टीभीएसको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले केही दिन अघिमात्र कास्कीका लागि स्क्वायर मोटर्सलाई नियुक्त गरेको थियो ।

कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई महानगरले सदैव साथ दिने प्रतिवद्धता जनाए ।

पर्यटकीय शहर पोखराको सौन्दर्य र वायु प्रदुषण न्यूनीकरणमा समेत विद्युतीय सवारीको खाँचो भएको उनले स्पष्ट पारे ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टीभीएस मोडेल उपलब्ध गराइने स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताए ।

उनका अनुसार टीभीएस सवारीसाधनको प्रदर्शनसँगै शोरूमले स्पेयर पार्टस् र सवारीसाधन मर्मत सम्भारसहितका सेवा प्रदान गर्नेछ ।

स्क्वायर मोर्टसले पोखराको नयाँबजारमा सुविधा सम्पन्न शोरुमसहित स्पेयर पार्टस् र सवारीसाधन मर्मत सम्भारका लागि पोखराको प्रस्याङमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरेको कम्पनीका कार्यकारी निर्देशक विनोज पोटेले जानकारी दिए ।

पोखरामा टीभीएसलाई उच्च स्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिवद्धता स्क्वायर मोटर्सको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।

देशभर १ सय ५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको टीभीएसको मार्केटिङ प्रमुख धनीराम भुसालले बताए ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारणनै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टूह्वीलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको भुसालको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button