म्याग्दी । म्याग्दीमा गएराति भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धवलागिरी गाउँपालिका वडा नं. ५ मलम्पार रुटबाङटोलका ४२ बर्षीय धनबहादुर छन्त्याल छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
बुधबार राति सहोदर भाइ सोमबहादुर छन्त्यालले टाउकोमा चिर्पट प्रहार गर्दा धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् ।
घरायसी विवादमा दाजुभाइबीभ झगडा भएको प्रहरीले जनाएको छ । धनबहादुरको हत्यापछि भागेका सोमबहादुरलाई राति नै स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक धनबहादुरका श्रीमती र दुई छोरी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution