पहिराले पाइप बगाएपछि लेखनाथमा खानेपानी आपूर्ति ठप्प

पोखरा । मुख्य पाइपमा पहिराले क्षति पुर्याएपछि लेखनाथ क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको छ । लेखनाथ क्षेत्रका लागि गिउजेखोला मुहानबाट पानी आपूर्ति हुँदै आएको थियो ।

बुधबार राति अविरल वर्षासँगै भिरकुनामा पहिराले मुख्य पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाले सूचना जारी गर्दै पाइप मर्मतको काम सुरु भइसकेको भए पनि पानी आपूर्ति हुन एक साता लाग्न सक्ने जनाएको छ ।

संस्थाले पानी आपूर्ति बन्द भएपछि हालसम्म जम्मा भएका पानी बोरिङ प्रणालीबाट पालैपालो वितरण गर्ने जनाएको छ । पानीको सही सदुपयोग गर्नसमेत संस्थाले आग्रह गरेको छ ।

पहिरोले ३५५ मिमिको एचडिआइपी पाइप १२ पिस बगाएको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button