पोखरामा पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ अषाढ २८
पोखरामा पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

पोखरा । पोखरा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार रहेका छन् ।

पहिरामा पुरिएका साेही परिवारका २ जनाको सकुशल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको छ ।

गएराति १०ः१५ बजे घर माथिबाट आएको पहिराले घर पुरिएको बताइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस