देशभर बाढी, पहिरो र डुबानः जनधनको क्षतिप्रति एमाले कास्कीद्वारा दुःख व्यक्त, सर्तक रहन आग्रह

पोखरा । नेकपा एमाले कास्कीले वर्षाका कारण बाढी र पहिरोले देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव दर्शन लामाले विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

सचिव लामाले कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

विज्ञप्तिमार्फत लामाले पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रको ध्यानाकर्षण गराएका छन् ।

उनले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखद् घडीमा पाटीको सबै कमिटी जनसंगठनलाई आवश्यक समन्वय र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएका छन् ।

वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनीकरणमा गम्भीर हुन समेत एमालेले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button