
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो पात्लेस्थित पहिरोले घर पुरिँदा १ वृद्धाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ८० बर्षीया माइतीकुमारी गुरुङ छन् ।
अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले ढुङ्गा माटोले बनेको, जस्ताले छाएको १ तले कच्ची घर पुरिँदा सो घटना भएको हो ।
सो घटनामा परेका ५५ वर्षीय ओमबहादुर गुरुङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले ओमबहादुरको उद्धार गरेको हो ।





