तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वीराजमार्ग दुवैतर्फ अबरुद्ध

पोखरा । तनहुँको घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

व्यास नगरपालिका वडा नं. १२ काे घाँसीकुवामा आज बिहान करिब २ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।

लेदोसहिको पहिरो खसेकाले सडक दुबैतर्फ अबरुद्ध भएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ठूलो पहिरो खसेका कारण पन्छाएर सवारीसाधान संचालनमा ल्याउन अझै समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button