सुनको मूल्यले रेकर्ड तोड्यो, आज एकै दिन १८ सय रुपैयाँ वृद्धि

पोखरा । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकै दिन एक हजार आठ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार सात सय र तेजावी सुन प्रतितोला ४६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको महासंघले छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button