
तनहुँ । तनहुँको भानु नगरपालिका-५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ ।
पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ ।





