अन्नपूर्ण इनरह्वील क्लबको अध्यक्षमा रेनु श्रेष्ठ

  • पोखरा न्यूज
  • २०८१ अषाढ २८
अन्नपूर्ण इनरह्वील क्लबको अध्यक्षमा रेनु श्रेष्ठ

पोखरा । इनरह्वील क्लब अफ पोखरा ५७७० को १५औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो ।

कार्यक्रममा नवनिर्वाचित क्लबकी अध्यक्ष रेनु श्रेष्ठलाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष सरिता शर्माले पदस्थापना गराएकी हुन् ।

क्लबकी नवनिर्वाचत अध्यक्ष श्रेष्ठले क्लबले अघि सारेका योजना पूरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताइन् ।

उनले आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला र बालबालिकाको अधिकारसँगै उनीहरुको सेवामा आफ्नो क्रियाशीलता बढाउने प्रतिबद्धता जनाइन् ।

उनले समाजसँग जोडिएको प्रमुख विषय शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत क्लबले कार्यक्रम अघि सार्ने स्पष्ट पार्दै क्लबका सदस्यको क्षमता अभिवृद्धिलगायतका कार्यक्रमसमेत योजनाअनुरुप तय गरिने बताइन् ।

इनरह्वील डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष आशा श्रेष्ठले इनरह्वील क्लब महिलामात्र आवद्ध समाजिक गतिविधिमा सक्रिय संस्था भएको बताइन् ।

क्लबकी निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकालमा सहयोग गर्नेप्रति आभार व्यक्त गरिन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस