पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

पोखरा । पोखरामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३१ किमबेशीका २५ वर्षीय बिष्णु थापा मगर छन् ।

शुक्रबार साँझ करिब ५ः३० बजे पोखरा-३० खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपीं) वसन्तकुमार शर्माले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

डीएसपी शर्माका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिशुवा लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको हो । यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button