
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित कालीखोलामा एक वृद्धको शव फेला परेको छ ।
शनिबार बिहान पोखरा-१६, जोगिमणी तुम्केस्थित खोलामा ७२ वर्षीय सार्की तामाङको शव भेटिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
तामाङको शव स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।





