आज सुन-चाँदीको मूल्य कति होला ?

  • पोखरा न्यूज
  • २०८१ अषाढ ३०
आज सुन-चाँदीको मूल्य कति होला ?

पोखरा । आज आइतबार सुनको स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर कायम भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४६ हजार सात सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँ कायम छ ।

महासंघका अनुसार आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको हो ।

महासंघले आज चाँदीको मूल्य भने घटेको जानकारी दिएको छ ।

गत साता एक हजार नौ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार आठ सय ७५ रुपैयाँ कायम छ । यो २५ रुपैयाँको गिरावट हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस