केदारेश्वरमा हाजिरीजवाफ प्रतियोगिता, गौरीशंकर समूह प्रथम

पोखरा । पोखराको केदारेश्वर महादेवमणि सेवाश्रमस्थित केदारेश्वर छात्र परिषद्को हाजिरीजवाफ प्रतियोगिता गौरीशंकर समूह प्रथम भएको छ ।

यस्तै अन्नपूर्ण समूह द्वितीय, मकालु समूह तृतीय तथा जुगल समूहले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ७ समूह सहभागी थिए ।

भानुभक्त आचार्यको २११ औँ भानुजयन्तीको अवसरमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन हुने बताइन् ।
नेपाली साहित्य समाजमा भानुभक्तको योगदानको चर्चा गर्दै उनले भानुभक्तप्रति राज्यले जति श्रद्धा र सम्मान गर्नुपर्ने थियो त्यति हुन नसकेको बताइन् ।

आश्रमका पिठाधीश डा. चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्नै पर्ने कुरा बेग्लैमा सिक्नका लागि आग्रह गरे ।

सिकाईको अन्त्य कहिल्यै नहुने भन्दै उनले जीवनमा असम्भव काम केही नरहेको स्पष्ट पारे ।

सेवाश्रमका सचिव ओमनाथ अधिकारीले कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटन हुने बताए ।

सेवाश्रमका पिठाधीश डाक्टर चित्घन चैतन्य महाराजको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का उपाध्यक्ष पुष्पराज न्यौपानेले स्वागत तथा परिषद्का अध्यक्ष एवं कार्यक्रम संयोजक प्रज्ज्वल पोख्ररेलले कार्यक्रम बारे जानकारी र सचिव सुभास पौडेल र उत्तम दवाडीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा गौरव अधिकारी, माधव खनाल र रामेश्वर फुयालले कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button