त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’

  • पोखरा न्यूज
  • २०८१ अषाढ ३०
त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’

बैतडी । बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा ‘अषाढी जात’ सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका वडा नं ८ मा रहेको मन्दिरमा हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा लाग्ने यो जात्रालाई स्थानीयले ‘अषाढी जात’ भन्ने गरेका छन् ।

स्थानीय राजेन्द्रसिंह थापाले असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौँ दिनमा जात्रा सुरू हुने र नवमीमा जात्रा सम्पन्न हुने जानकारी दिए । जात्रा हिजो सुरू भएको थियो ।

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने, नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडी गाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहेको छ ।

जात्रा दर्शनका लागि नेपालका मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन् । हरेक वर्षझै यसपटक पनि भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट दर्शनार्थी यहाँ पुगेका थिए ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलीसहितको जात्रा हुने गरेको छ । असोजको नवरात्र र चैते दसैँमा पनि मन्दिरमा पूजाआजासहित जात्रा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयले रणशैनी भगवतीको रूपमा पुर्काने गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस