स्पेन र इङ्ल्यान्ड बीचको खेल सुरु, कस्ले जित्ला ?

पोखरा । युरोकपको १७औँ संस्करणको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड बीचको खेल सुरु भएको छ । खेल सोमबार बिहान १२ः२५ मिनेटमा जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा सुरु भएको हो । खेलको ११ मिनेट सकिँदा कुनै पनि टीमले गोल गर्न सकेका छैनन् ।

पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिन्छ । जारी युरोकपमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेका हुन् । त्यसैले पनि उपाधि भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा स्पेनले खेलेका ६ वटै खेलमा जित हासिल गर्दै उपाधि नजिक पुगेको हो । यता इङ्ल्यान्डले भने ४ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो ।

समूह ‘बी’ मा रहेको स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूहगत चरणमा स्पेनले ५ गोल गर्यो भने एक गोल पनि खाएन ।

स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३-०, दोस्रो खेलमा साबिक विजेता इटालीलाई १-० तेस्रो खेलमा अल्बानियालाई १-० गोलले पराजित गरेको थियो ।

यता समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको इङ्ल्यान्डले समूहगत चरणका ३ मध्ये १ मा जित र २ मा बराबरी खेलेको थियो । जसमा २ गोल गरेको थियो भने १ गोल खाएको थियो ।

पहिलो खेलमा सर्बियालाई १-० हराएको इङ्ल्यान्डले दोस्रो खेलमा डेनमार्कसँग १-१ र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button