पोखरा । १७औँ संस्करणको युरोकपको फाइनल खेलमा स्पेनले १ गोल गरेको छ । स्पेनका निको विलियम्सले खेलको ४७औँ मिनेटमा गोल गरेका हुन् ।
खेलमा स्पेन र इङ्ल्यान्ड दुवैले उत्कृष्ट प्रदर्शन गरिरहेका छ । दुवै टोलीले गोल गर्ने कैयौँ प्रयास खेर फाले ।
यस संस्करणको युरोकपमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेका हुन् । त्यसैले पनि उपाधि भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा स्पेनले खेलेका ६ वटै खेलमा जित हासिल गर्दै उपाधि नजिक पुगेको हो । यता इङ्ल्यान्डले भने ४ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो ।
समूह ‘बी’ मा रहेको स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूहगत चरणमा स्पेनले ५ गोल गर्यो भने एक गोल पनि खाएन ।
स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३–०, दोस्रो खेलमा साबिक विजेता इटालीलाई १–० तेस्रो खेलमा अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।
यता समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको इङ्ल्यान्डले समूहगत चरणका ३ मध्ये १ मा जित र २ मा बराबरी खेलेको थियो । जसमा २ गोल गरेको थियो भने १ गोल खाएको थियो ।
पहिलो खेलमा सर्बियालाई १-० हराएको इङ्ल्यान्डले दोस्रो खेलमा डेनमार्कसँग १–१ र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution