नेपालमा आज दोस्रो भूकम्प, रसुवाको माङचेत केन्द्रबिन्दु

  • पोखरा न्यूज
  • २०८१ श्रावण २
नेपालमा आज दोस्रो भूकम्प, रसुवाको माङचेत केन्द्रबिन्दु

|प्रतीकात्मक तस्बिर

पोखरा । रसुवा केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकास्थित माङचेत नजिक रहेको छ ।

आज दिउँसो ३ बजेर २४ मिनेट जाँदा ३दशमलव९ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

यसअघि आज बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३दशमलव९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस