पाेखराकाे एवन ग्रेटर नेपाल यातायात र प्रभु बैंकबीच डिजिटल भुक्तानी सम्झौता

पोखरा । पोखरास्थित एवन ग्रेटर नेपाल यातायात र प्रभु बैंकबीच नगदरहित भुक्तानी प्रणाली सहकार्य सम्झौता भएको छ ।

सम्झौतापछि एवन ग्रेटर नेपाल यातायात कम्पनीमा आवद्ध ट्याक्सी व्यवसायीले बैंकमा रहेको खाताबाट सजिलै रकम झिक्न, खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन् ।

विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन बैंक र कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतामा बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटरका अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरे ।

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकलाई बैंकले उपलब्ध गराएको क्युआरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने छ ।

व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकले क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराउने छ ।

बैंकले हाल ३०७ शाखा, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button