
पोखरा । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधवार तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र तीन सय रुपैयाँ घटेर एक लाख ४९ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधवार तोलामा एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





