
पाेखरा। चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको एन्टोफगास्तामा ७दशमलव३ रेक्टर स्केलको भूकम्प गएको हो ।
युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प जमीनदेखि १ सय २८ किलोमिटर गहिराईमा केन्द्रबिन्दू भएर गएको हो ।
अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । यसअघि गत जुन २९ तारिखमा चिलीमा ५दशमलव२ रेक्टर स्केलको भूकम्प गएको थियो ।





