मुस्ताङमा नाला खन्नेक्रममा पुरिएर दुई युवाको घटनास्थलमै मृत्यु

पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर शुक्रबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका वडा नं. १ का २३ वर्षीय रवि दर्लामी छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका वडा नं. ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा ढिस्को झरेर उनीहरू पुरिएका थिए ।

दुवैकाे शव पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button