
पोखरा । होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा माधव लम्साल निर्वाचित भएका छन् । संस्थाको २५औं साधारणसभा तथा १४औं अधिवेशनले लम्साललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्याय, प्रथम उपाध्यक्ष दिलबहादुर अधिकारी (निरज), द्वितीय उपाध्यक्ष वामन चौधारी (विजय), महासचिवमा शिव पौडेल निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य सचिव अधिवक्ता उज्ज्वल शंकर सापकोटाले जानकारी दिए ।
यस्तै सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा डिकबहादुर डाँगी र सहकोषाध्यक्षमा हरि ढकाल निर्वाचित भएका छन् ।
समाजको सदस्यमा नरेन्द्रकुमार पोख्रेल, बोधराम ढकाल, रमेश अधिकारी, चन्द्रमणि चौधरी, विशाल सुवेदी, सुवास सुवेदी र चिरञ्जिवी श्रेष्ठ छन् ।
संघका पूर्वअध्यक्ष लक्ष्मण सुवेदीको संयोजक, भीमप्रसाद पराजुली, जीत गुरुङ, तीलकबहादुर अधिकारी र अधिवक्ता उज्ज्वलशंकर सापकोटा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।





