
पोखरा । युनाइटेड क्लब पोखराले पहिरोमा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा-२७ अर्चले र पोखरा-१९ पुरुन्चौरमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
क्लबको विपद् व्यवस्थापन कोषमार्फत विपद्मा परेकालाई आर्थिक सहयोग गरिएको अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
पोखरा-३२, चैनपुरमा आरती ओझाको परिवारलाई १०, पोखरा-२७ अर्चलेका अनमोल सुनार र भीम थापाको परिवारलाई १०/१० र पोखरा-१९ पुरुन्चौरमा पहिरोबाट परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरिएको हो ।
महासचिव दिनेश सुनारका अनुसार क्लबले स्थापनाकालदेखि देउसीभैलो कार्यक्रम गरी विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
सोही कोषबाट नेपालको कैलालीदेखि उदयपुरसम्म विपदमा परेकालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको उनले बताए ।





