प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

  • पोखरा न्यूज
  • २०८१ श्रावण ६
प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

|फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्मा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको उनले जानकारी दिए ।

संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र संसद्मा सांसदले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस