पोखरा-२५ को नयाँ भवन

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ ।

पहिला सेवा दिँदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुँदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो ।

पहिला सेवा दिँदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको व्यवस्थापन नहुनु आदि समस्या थियो ।

वडा कार्यालय फराकिलो तथा राम्रो पार्किङ रहेको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत विद्यालयको भवनमा सारिएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भूगोलको हिसाबले पोखरा ठूलो महानगरपालिका भएको भन्दै जनसंख्या पनि धेरै भएको उल्लेख गरे ।

उनले सेवाग्राहीको सेवाका लागि भवन आवश्यक रहेको भन्दै भवन मात्र नभई सेवा पनि आवश्यक हुने बताए ।

उपप्रमुख मञ्जुदेवी गुरुङले नयाँ वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताइन् । उनले वडाबाट पाइने सेवा सुविधाबारे जानकारी गराउँदै वडावासीको पनि सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पोखरा-२ का वडाध्यक्ष दिवसमान प्रधानांग, साविक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा गौरीशंकर माविका अध्यक्ष पौडेल, प्रधानाध्यापक अम्बर कुँवर, साविक ग्रामप्रकास आधारभूत विद्यालयका अध्यक्ष दलबहादुर कुँवर, प्रधानाध्यापक मनोहरि तिमिल्सिनालगायतलाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले स्वागत र सञ्चालन सूचना अधिकारी ईश्वरी बाँस्तोलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button