बोलिभिया । बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ । दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् ।
बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताएका छन् ।
दुई दक्षिण अमेरिकी देशहलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो ।
“प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,” ट्राफिक अधिकृत टोरिकोले भने ।
“ट्रकले सवारी नियमको उल्लङ्घन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ,” उनले भने ।
उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त सवारी साधनमा फसेका शवहरू निकाल्ने काम गरिरहेका टोरिकोले जानकारी दिए ।
बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापर्बाही र पूराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ ।
अप्रिल ४ मा दक्षिणपश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution