स्याङ्जामा करेन्ट लागेर पुतलीबजार-५ की सुशीला कार्कीको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ श्रावण ६
स्याङ्जामा करेन्ट लागेर पुतलीबजार-५ की सुशीला कार्कीको मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एक महिनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका-५ चौरकी ३१ वर्षीया सुशीला कार्की छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो १२ः४० बजे आफ्नो बोइलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लाग्दा कार्की गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल स्याङ्जामा लगिएकोमा दिउँसो २ः४० बजे उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस