पोखरा-१३ मा व्यवसायी बरालको सहयोगमा टेवलटेनिस कोर्ट निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित मोहरपानी आदर्श टोल विकास संस्थामा निजी लगानीमा टेवलटेनिस कोर्ट निर्माण गरिएको छ ।

व्यवसायी रवि बराल (रवि हार्डवेयर) कोर्ट निर्माण गरिदिएका हुन् । रविसहित स्थानीय युवा समाजसेवी मधु श्रेष्ठ, राजु सुनारसहितले सहयोग गरेका थिए ।

कोर्ट निर्माणमा प्राविधिक सहयोग ईञ्जिनियर प्रकाश वाग्ले, अमिन प्रकाश सिग्देल, प्रशिक्षक दिपकराज गिरीको सहयोग टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

टेवलटेनिस कोर्ट उद्घाटन गर्दै व्यवसायी बरालले आफ्नो सोंच सधैँ समाजसेवा गर्ने रहेको बताए ।

उनले गाउँगाउँमा यस प्रकारका खेलकुद कोर्ट मैदान तथा खेलकुदसँग सम्बन्धित गतिविधि अघि बढाउन आवश्यक रहेको बताए ।

प्रशिक्षक गिरीले एक वर्षसम्म यहाँका खेलाडीलाई निःशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए ।

सो अवसरमा समाजसेवी बराल तथा ईञ्जिनियर वाग्लेले टेवलटेनिस खेलका लागि आवश्यक ब्याट, जाली तथा बल हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष सिग्देलले यस प्रकारका निर्माण एवं सहयोगले पक्कै पनि स्थानीयमा खेलकुदप्रतिको चासो बढाउने स्पष्ट पारे ।

उनले कोर्ट निर्माणपछि विशेषगरी बालबालिकालाई खेलकुदप्रति आकर्षण थप्ने विश्वास व्यक्त गरे ।

संस्थाका सचिव शिवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button