
पोखरा । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
एक कार्यक्रमका लागि बिराटनगर पुगेका आचार्यको अकस्मात नाकबाट रगत बगेपछि उनी विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका छन् ।
हाल उनले आचार्यको अवस्था सामान्य रहेको बताइएको छ । उनी केही दिन अस्पतालमै रहने उनका छोरा मोहितले जानकारी दिए ।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए ।
उनले अभिनेताको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।





