
पोखरा । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान सामू १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको हो ।
नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान दिइन्् । उनले ३० बलमा ३ चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । उनले ३२ बलमा ३ चौका हिर्काइन् ।
कविता जोशीले अविजित ३१ रन थपिन् । उनले २३ बलमा १ छक्का र ४ चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् ।
पाकिस्तानकी बलर सादिया इक्वालले २ विकेट लिइन् ।
जितका लागि १०९ रनकाे लक्ष्यका साथ पाकिस्तानले ब्याटिङ सुरु गरेको छ ।





