नेपाल रसियन टोलीसँग पराजित

पोखरा । नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट रसियाले २५-१७ ले जितेको थियो भने दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पर्यो ।

नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो ।

यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् ।

नेपालले रसियासँग सोमबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button