पोखरा । ४२औँ वीपी स्मृति दिवसका अवसरमा वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा वीपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ ।
‘नेपाल, वीपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा वक्ताहरूले युगजयी विचारका माध्यमबाट वीपी कोइरालाले पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालीन समयमा वीपीले अघि सार्नुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । त्यही विचार र दूरदृष्टिका कारण स्व कोइरालाको छवि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उचो उनको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकलाई गन्तव्यमा पुर्याउन असहज हुने गरेको बताउँदै समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले वीपी कोइराला बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीका समयमा भारत, चीन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको उल्लेख गर्दै त्यसलाई कायम राख्न नसकिएको जिकिर गरे । उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले वीपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिए ।
कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलले वीपी कोइराला बहुआयामिक व्यक्तित्व भएको चर्चा गरिन् ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले स्व कोइराला कांग्रेसका मात्र नभइ सबैको गुरू भएको धारणा राखे । उनले पछिल्लो समय पठन संस्कृति हराउँदै जान थालेकाले वीपीबाट पठन संस्कृति सिक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, प्रा.डा. कुसुमाकर न्यौपाने, शिव त्रिपाठीलगायतले वीपी कोइरालाको योगदान, विद्यमान पठन संस्कृतिलगायत विषयमा चर्चा गरेका थिए ।
वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) को सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सदस्य दीपेन्द्र पराजुलीले गरेको पुस्तकालयका कोषाध्यक्ष एवं नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार-प्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution