साउने सोमबारको व्रत आजदेखि

पोखरा । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु हुने भएको छ ।

साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको छ ।

आज पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा बोलबम मेला लाग्दैछ । पोखराको गाईघाटबाट जल लिएर पैदल यात्रा गरेर केदारेश्वरमा पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button