मुग्लिन-नारायणगढ सडकखण्डमा माइक्रोबस दुर्घटना

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डको जलविरेमा आज बिहान ४ बजे माइक्रोबस दुर्घटना भएको छ । सो दुर्घटनामा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइते हुनेमा कावासोतीकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत रहेको प्रहरी निरीक्षक नीरला भण्डारीले जानकारी दिइन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इन्स्पेक्टर भण्डारीले जानकारी दिइन् ।

नवलपुरको कावासोतीबाट काठमाडौं जाँदै गरेको ग१ख ९१५५ नम्बरको माइक्रोबस सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

माइक्रोबसकाे टायर पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button