मादी-५ को थाम ल्हाम्जा ग्रामिण सडकखण्डमा वृक्षरोपण

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ५ थाम ल्हाम्जा ग्रामिण सडकखण्डमा वृक्षरोपण गरिएको छ ।

पोखरा-१३ स्थित थाम ल्हाम्जा ट्होँ धिँको आयोजनामा वृक्षरोपण गरिएको हो ।

संस्थाका अध्यक्ष सुबेदार पूर्णबहादुर तमुका अनुसार थाम ल्हाम्जा ग्रामिण सडकखण्डको तल्लो ढलान बाटोदेखि ल्हाम्जा समाज घरसम्म, सिलडाँडा वरिपरि, नक्यु छोंको डाँडा वरिपरिदेखि थाम समाज घरसम्म वृक्षरोपण गरिएको हो ।

विभिन्न प्रजातिका ३०० बोटबिरुवा रोपिएको अध्यक्ष तमुले बताए । वृक्षरोपणमा सहभागी सबै सदस्यलाई अध्यक्ष तमुले धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button