राइजिङ स्टार लायन्सद्वारा मादी-११ का ओमबहादुरलाई सहयोग

  • पोखरा न्यूज
  • २०८१ श्रावण ८
राइजिङ स्टार लायन्सद्वारा मादी-११ का ओमबहादुरलाई सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारले मादी गाउँपालिका वडा नं. ११ तल्लो साप्लेका पहिरोमा पुरिएर मृत्यु भएकी माइतीकुमारी गुरुङको परिवारलाई राहत प्रदान गरेको छ ।

लायन्सका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर धनीराम बराल, रिजन चेयर पर्सन फडिन्द्र शर्मा, वडासदस्य विजय खनालको उपस्थितिमा क्लब अध्यक्ष थमनसिह गुरुङलगायतले माइतीकुमारीका छोरा ओमबहादुर गुरुङलाई सहयोग हस्तान्तरण गरेको हो ।

नगद ५० हजार ५ सय ५५ रुपैयाँ र खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्टका डेपुटी हेड चोकबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुप्रसाद सुवेदी, पूर्वअध्यक्ष लेखनाथ पाैडेल, पूर्वअध्यक्ष एवम् जाेन चियर पर्सन रामु पाैडेललगायत क्लबका १६ जना सदस्य सहभागी थिए ।

गत असार २८ गते बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर गुरुङको मृत्यु भएको थियो । सोही घटनामा ओमबहादुरको सकुशल उद्धार गरिएको थियो ।

साउन ७ गते सोमबारसम्मा पहिरोसहित विभिन्न विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस