मनकामना मन्दिर क्षेत्र विकास समिति अध्यक्षमा काजीबाबु श्रेष्ठ नियुक्त

पोखरा । गोरखास्थित मनकामना मन्दिर क्षेत्र विकास समिति अध्यक्षमा काजीबाबु श्रेष्ठ नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले सहिद लखन गाउँपालिका वडा नं. ३ का काजीबाबु श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

समितिमा सहिद लखन गाउँपालिकाका अध्यक्ष, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख पदेन सदस्य रहनेछन् ।

यस्तै, मूल पुजारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गण्डकीको अर्थ मन्त्रालयका राजस्व हेर्ने प्रतिनिधि, उद्योग वाणिज्य संघ मनकामना इकाईका प्रमुख, गुठी व्यवस्थापन समितिका अध्यक्ष, सहिद लखन गाउँपालिका-२ र ३ का वडाध्यक्ष पनि सदस्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button