‘डीएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग घुस मागेको विषय जानकारीमा छैन’

पोखरा । पोखरा पर्यटन परिषद्ले वडा प्रहरी कार्यालय बैदामका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीसँग घुस मागेको विषयमा जानकारी नभएको स्पष्ट पारेको छ ।

परिषद र त्यसमा आवद्ध १५ व्यवसायी संघसंस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस विषयले गम्भीर बनाएको तर कुनै पनि व्यवसायी संघसंस्थालाई यस विषयमा जानकारी नभएको स्पष्ट पारेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विगतमा पर्यटन व्यवसायीको तर्फबाट भनी आफ्नो व्यक्तिगत लाभका लागि वा व्यक्तिगत रिस साँध्नका लागि अमूर्त स्रोत देखाएर ब्यवसायीको नाममा नेपाल सरकारका विभिन्न निकायमा विभिन्न व्यक्तिको बारेमा निवेदन पर्ने गरेको इतिहास साँक्षी रहेको विज्ञप्तिमा उल्लेख छ ।

अमूर्त रुपले पर्यटन व्यवसायीको हवाला दिएर स्वार्थ सिद्ध गर्न बाटोमा नलाग्न व्यवसायीले सचेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सदा सुशासनको पक्षमा छौँ, कसैले गल्ती गरेमा कानुन बमोजमको कारवाही हुने कुरामा हाम्रो सधैँ साथ र सहयोग हुने नै छ । तर कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि अमूर्त स्रोतको आधारमा दिएको निवेदनलाई नै आधार मानी कसैलाई कारवाही गर्दा भविष्यमा इमान्दारीका साथ काम गर्ने व्यक्तिको मनोबल नगिरोस भन्नेमा हामी सबै सचेत हुनुपर्छ भन्ने विषयलाई उठान गर्न चाहन्छौँ ।’

पर्यटन व्यवसायीको कुनै पनि पिर मर्का वा चासो सम्बन्धित संस्थाको तर्फबाट नै सार्वजनिक गरिने हुनाले आगामी दिनमा अमूर्त स्रोतको हवाला दिएर आउने विषयमा पर्यटन व्यवसायिक संस्थाको अपनत्व नहुने कुरा पनि आम सञ्चार माध्यमलगायत सम्बन्धित सबैमा परिषद्ले आग्रह गरेको छ ।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button