
पोखरा । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेलिरहेको छ ।
जितका लागि नेपालले १ सय ७९ रनको चुनौती पछ्याउनेक्रममा नेपालले चाैथाे विकेट गुमाएको छ ।
नेपालले १० ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ५२ रन बनाएको छ ।
योसँगै नेपाल सेमिफाइनल पुग्न असफल भएको छ ।
यसअघि खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १ सय ७८ रन बनायो ।
सबै खेलमा हार बेहोरेको यूएई बाहिरिएको छ । भारत २ खेलबाट ४ अंकसहित पहिलो पाकिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो तथा नेपाल २ अंकसहित तेस्रो स्थानमा छ ।





