राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी एवं प्रशिक्षक खड्काको निधन

कैलाली । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ ।

धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह रोगबाट पीडित थिए ।

धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button