शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको १०३ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मिएका साहित्यकार किञ्जल्क २०१५ सालदेखि पोखरा महानगरपालिका वडा नं. २ भैरवटोलमा बस्दै आएका थिए ।

आयुर्वेदमा स्नातक गरेका उनी पोखरामा ‘बागलुङे वैद्य’ भनेर परिचित थिए । उनले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गरेका थिए ।

नेपाली र संस्कृत भाषामा सिद्धहस्त साहित्यकार किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशित भएको थियो ।

उनका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् ।

त्यस्तै उनका सम्पादित तथा अनुवादित कृतिहरू चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रहरुको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।
उनका १ छोरा र ६ मध्ये ३ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button