पोखरामा ट्रकबाट डिजेल चोर्ने रोहित र सस्तो मूल्यमा किन्ने जीवन पक्राउ

पोखरा । पोखराको प्रस्याङमा पार्किङमा राखेको ट्रकबाट डिजेल चोरी गर्ने र सस्तो मूल्यमा किन्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २, फिर्केपुलका १९ वर्षीय रोहित नेपाली र बागलुङ बसपार्कका ४८ वर्षीय जीवन श्रेष्ठ छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसअघि पनि पटक पटक तेल चोरीमा संलग्न हुँदै आएका रोहितले सोमबार राति पोखराको प्रस्याङस्थित राधाकृष्ण मार्गमा पार्किङमा राखेको बा०१००६ख३८४० नं. को ट्रकको डिजल ट्यांकीबाट ६० लिटर डिजेल चोरी गरेका थिए ।

साथै उक्त डिजेल ग१ख ७१०२ नम्बरका बसधनी जीवनले जम्मा ४ हजार रुपैयाँमा किनेका थिए ।

उनीहरुबिरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button