विमान दुर्घटना : एकै परिवारका तीनसहित १८ जनाकै पहिचान खुल्यो

पोखरा । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । उनीहरु सबैको पहिचान भइसकेको छ ।

मृत्यु हुनेमा विमानका कोपाइलट सुशान्त कटुवाल छन् । साथै अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडाको दुर्घटनामा मृत्यु भएको बताइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुर्घटनामा परेका मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्मा एकै परिवारका सदस्य हुन । मनुराज र प्रिजा श्रीमान-श्रीमती हुन् भने अधिराज शर्मा उनीहरुका छोरा हुन् । मनुराज सौर्य एयरलाइन्सका प्राविधिक हुन् भने प्रिजा उर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ ।

मृत्यु भएकामध्ये १७ जना नेपाली र एक जना रेडा यमनी नागरिक हुन् । दुर्घटनामा मृत्यु भएका सबैको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सबैको पोस्टमार्टम गरिसक्न कम्तीमा ३ दिन लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button